Saturday 19 April 2014

राजेश हमाल

             राजेश हमाल 
राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन्। उनको जन्म १९६४ जुन ९ तारिखमा पाल्पा जिल्लाको तानसेनमा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्।

व्यक्तिगत जीवन


राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पंजाब विश्वविद्यालयबाट पुरा गरेका हुन्। नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए। सर्वप्रथम १९८५मा भारतको फेशन नेट मेगेजिनमा र १९८६मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरु गरेका थिए। एक सालमा औसतमा १०-१२ वटा सम्म उनले खेल्ने गरेका छन् भने १९९४मा उनले १६ वटा चलचित्र सम्म गरेका थिए। १७० भन्दा बढि नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन्। उनी नेपाली चलचित्रका महानायक मानिन्छन्।

उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन्। उनका पिता केही समयसम्म राजदूत थिए।

वैवाहिक जीवन 

काठमाडौ, जेष्ठ १० - अन्तत राजेश हमालले विहे गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।
भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो ।
बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए । हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महानायक हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे ।

No comments:

Post a Comment