Saturday 19 April 2014

आर्यन सिग्देल

                      आर्यन सिग्देल
आर्यन सिग्देल नेपालका एक चर्चित अभिनेता हुन्। उनको जन्म अगष्ट ५,१९८४मा हरिश सिग्देलको रूपमा भएको थियो।उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागी चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।

सुरुवाती जीवन

रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पंन्डितको घरमा रुसुवाको दुन्चेमा आर्यनको जन्म भएको थियो। सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन।उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो। आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसि चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए।पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो।

पेशागत जीवनी

आर्यन स्थानिय नाच क्ल्ब-त्रिकोण कलाकेन्द्रसँग आबद्द भइ कयौं कार्यक्रमहरूमा सहभागि पनि भए।त्यसपछि उनले सडक नाटकहरूमा पनि अभिनय गर्न थाले।सडक नाटक 'जनताको प्रजातन्त्र'मा मुख्य भुमिकामा गरेको अभिनयले उनलाइ अभिनय क्षेत्रलाइ पेशा बनाउन उत्प्रेरणा दियो।यो नाटक 'परिवर्तन नेपाल'ले आयोजना गरेको थियो,जहाँ आर्यन अभिनयकला सिक्दथे।त्यसपछि उनले कयौं म्युजिक भिडियो तथा टेलिभिजनमा पनि अभिनय गरे।

आर्यनका चलचित्रहरू


  • किस्मत(२००७)
  • मौसम(२००८)
  • मेरो एउटा साथी छ(२००९)
  • हिफाजत(२०१०)
  • फस्ट लभ(२०१०)
  • द फल्यास ब्याक (२०१०)
  • कोही मेरो (२०१०)
  • बन्दी (२०१०)
  • कस्ले चोर्यो मेरो मन (२०१०)
  • के यो माया हो (२०११)
  • सपना (२०११)
  • मेरो लभ स्टोरी (२०११)
  • आइ एम सरी (२०१२)
  • अवार्ड


    • National Award for best Actor(Mausam)
    • National Award for best Actor (Mero Euta Saathi Chha)
    • Chhaya Chhabi Digital Cinema Award, Best Actor (Kasle Choryo Mero Man,2011)

No comments:

Post a Comment